कोभिड-१९

नेपालमा कोरोना संक्रमणबाट एकै दिन २२ को मृत्यु !!

Lumbinikhabar Online

१४ भदौ – नेपालमा कोरोना भाइरस संक्रमणबाट गत शनिबार एकै दिन २२ जनाको निधन भएको छ । कोरोनाबाट संक्रमणबाट एकै दिन मृत्यु हुनेको अहिलेसम्मकै उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

शनिबार कोरोनाबाट महोत्तरी र पर्सामा तीन/तीन, काठमाण्डु, ललितपुर, भक्तपुर र चितवनमा दुई/दुई तथा मोरङ, सिरहा, रौटहट, बारा, नवलपुर, गोरखा, कास्की र पाल्पामा एक/एक जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?