कोभिड-१९

१९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

Lumbinikhabar Online

१३ भदौ – कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस केा संक्रमण पुष्टि भएको छ ।प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएपछि दुबैमा संक्रमण पुष्टि भयो र कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।
उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगइसकेको छ ।हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको बताइएको छ।

Tags

छुटाउनु भयो कि ?