कोभिड-१९

५१ जना नेपाली सेनामा कोरोना पुष्टि, बाँके

Lumbinikhabar Online

बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको हो। यसअघि बिभिन्न तीन चरणमा गरीएको परिक्षणमा मध्यपश्चिम पृतना शिक्षालयका ३० जनालाई संक्रमण पुष्टि भइसकेको थियो ।
नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५५ गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?