समाचार

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्ने

Lumbinikhabar Online

काठमाडौँ — उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरेको छ। भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको जनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बताएका छन् ।
मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि सहमति जनाएका छन्।यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ र अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भनदै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

Tags

छुटाउनु भयो कि ?