समाचार

आन्तरिक उडान खोल्ने तयारी

Lumbinikhabar Online

काठमाडौं – नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान हुने पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुनेसुरु गर्ने तयारी थालेको छ ।
यस प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अ
बताएका छन्। तर तराईमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थल भने तत्काल खुल्दैन ।
नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।५ भदौपछि अधिकतम्मा प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।

परिस्थिति सरल बन्दै गएपछि यो संख्या बढाइने मन्त्री भट्टराईले बताएका छन्। संख्या बढाउन ठूलो माग र दवाव आएको छ तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुने जानेका छन्। नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।

Tags

छुटाउनु भयो कि ?