राजनीति

नेकपाको दुवै अध्यक्षवीच सचिवालय बैठक हुदै

Lumbinikhabar Online

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच नेकपा सचिवालय बैठक १३ गते शनिबार बोलाउने सहमति भएको छ।
पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि मंगलबार छलफल गर्दै अध्यक्षद्वयले १३ गते शनिबार बैठक बोलाउने सहमति गरेका हुन्।
वरिष्ठ नेता माधव नेपालका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल यतिबेला होम आइशोलेशनमा रहेका छन् उनको बिहीबार आइशोलन अवधि पूरा हुने भएपछि बाहिर आउने बताइएको छ।
कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न अध्यक्ष दाहाल मंगलबार विहान ९ : ४० बजे बालुवाटार पुगेका दाहालबीच र ओली बीच दुई घण्टा छलफल भएको थियो।
महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दश शर्मा पनि दुई अध्यक्षबीचको छलफलमा सहभागी थिए। महासचिव पौडेल कार्यदल संयोजक हुन भने शर्मा सदस्य हुन्।

Tags

छुटाउनु भयो कि ?