कोभिड-१९

कोभिड १९ रोकथाममा कार्यदलको प्रस्ताव;

Lumbinikhabar Online

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको चर्चा हुँदै आएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपामै पनि सरकारले प्रभावकारी काम नगरेको भन्दै चर्को विरोध भएको थिय। यी कमिटी बैठकमा त कतिपय सदस्यले कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आलोचना अनि आरोप समेत लगाए ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । आलोचकहरुले सरकार कोरोना नियन्त्रणमा असक्षम बनेको टिप्पणी गर्दैआएका छन् भने सत्तारुढ दल नेकपाले सरकार कोरोना संक्रमण नियन्त्रण र उपचारमा तुलनात्मकरुपमा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ ।

नेकपा कार्यदलको निष्कर्षः

–यस अवधिमा सरकारले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको
–प्रयोगशाला विस्तार र परीक्षण
–विदेशबाट आउने तथा संक्रमणको जोखिममा रहेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने प्रबन्ध –

संक्रमितहरूलाई अलग्गै राख्ने स्थान आइसोलेसन सेन्टरको व्यवस्था :

–कोभिड विशेष अस्पताल स्थापना
–समस्यामा परेका र रोजगारी गुमाएकाहरूका लागि राहत
–विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश ल्याउने काम

कार्यदलले अबका दिनमा गर्नुपर्ने कामको पनि प्रस्ताव प्रस्तुत गरेको छ ।

कार्यदलको प्रस्तावः

–अर्थतन्त्र र सामाजिक जीवनका अन्य पक्षलाई चलायमान गराउँदै जनजीवनलाई क्रमशः सामान्य अवस्थातर्फ फर्काउन आवश्यक ।
– कोरोनासँग लड्दै गतिशील हुनु आवश्यक ।
–सङ्क्रमणको जोखिम बढ्दै गएकाले सबैभन्दा खराब स्थितिको आंकलन गर्दै सोही अनुरूप आवश्यक बजेट, स्वास्थ्य सामग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्ने ।
–परीक्षणको दायरा बढाउने र समुदायस्तरमा सङ्क्रमण फैलिएको आशङ्का गरिएका ठाउँमा नमुना सङ्कलन तीव्र पार्ने र बिरामीहरूको उपचारका लागि पूर्व तयारी गर्ने ।
–अस्पतालहरूमा शैया, सघन उपचार कक्ष र भेन्टिलेटरहरूको थप प्रबन्ध गर्ने ।

–निजी अस्पताल र निजी मेडिकल कलेजहरूलाई महामारी अवधिभरका लागि कोरोना उपचारमा प्रयोग गर्ने ।
–काठमाडौं उपत्यका र जिल्लाहरूमा आवश्यकताअनुसार क्वारेन्टिन तथा आइसोलेसन सेन्टर निर्माण गर्ने ।
–कोभिड–१९ का अलावा अन्य बिरामीहरूले सहज उपचार पाउन नसकेका जनगुनासोलाई तत्काल सम्बोधन गर्ने ।
–खाद्य सङ्कटलाई समेत ध्यानमा राख्दै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको भण्डारणको व्यवस्था मिलाउने ।
–कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको पुनरूत्थानका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने ।

Tags

छुटाउनु भयो कि ?