कोभिड-१९

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान कति बजेसम्म खोल्न पाइने?

Lumbinikhabar Online

काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ । नागरिकहरु तरकारी र खाद्यान्न किन्न भन्दै बहाना बनाउदै निस्किन थालेपछि यो निर्णय लीएको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका हुन् । उनले भने, ‘अत्यावश्यक वस्तु मध्ये औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसलहरु बाहेक खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको छ ।

Tags

छुटाउनु भयो कि ?