जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।
त्यस्तै, कैदीहरू राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान नवीनकुमार राई इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुई जना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।