बुटवलमा विद्युत्को पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना सख्त घाइते भएका छन् ।
घाइते हुनेमा दाङको राप्ती गाउँपालिका घर भइ बुटवलमा बसेर विद्युत्को काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।
बुढा मगरलाई शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेसनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर सख्त घाइते भएका बुढा मगरको उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा अस्पतालमा लगिएको प्रहरी प्रमुख थापाले बताए ।