कोभिड-१९

उपत्यका बासीले सावधानी अपनाऔँ , पीसीआर परीक्षण मात्रै समाधान होइन

Lumbinikhabar Online

काठमाडौँ –       काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेका छन ।काठमाडौँमा दैनिक औषत २ सय जना कोरोना संक्रमित थपिदै गएकोले पीसीआर परीक्षणले मात्रै समाधान नहुने भन्दै सब्बै जनालाई सावधानी अपनाउन आह्वान गरेका हुन् ।येदि सतर्कता नअपनाउने हो भने अवस्था थप भयानक हुनसक्छ ।
यसअघि लामो समयसम्म लकडाउन पूर्णपालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही समय कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनले भने ‘सरकारले गरेको आग्रहलाई पूर्ण पालना गरी तपाईँहरुले सावधानी अपनाउनु भयो भने संक्रमणको सम्भावना निकै कम हुन्छ ।’लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा मानिसहरू धमाधम उपत्यका भित्रिएर र लापरवाही गरेकोले संक्रमण त्रिब्रा गतिमा बढेको उनको दाबी छ ।लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा मानिसहरू धमाधम उपत्यका भित्रिएर संक्रमण बढेको उनको दाबी छ ।

Tags

छुटाउनु भयो कि ?