News in Nepali

‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का

Lumbinikhabar Online

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताएका छन्।

नेपाल निजामति कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी ऐन ल्याउने बताएका हुन्।

उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे।

उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्याहरु सरकार र सम्बन्धित पक्षको साझा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने बताए।

उपप्रधानमन्त्री खड्काले मुलुकका अर्थतन्त्रले दिने अनुमतिको आधारमा कर्मचारीहरुलाई सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनैपनि खालको कन्जुस्याई नगर्ने बताए।

मुलुकको अर्थतन्त्र ओरालो लागेका बेला कर्मचारीहरुले पनि आफ्नो माग सरकार समक्ष थुपार्न नमिल्ने उनको भनाई थियो।

Tags

छुटाउनु भयो कि ?