News in Nepali

नक्कली आरोपमा पक्राउ परेका सक्कली डाक्टरको भिडिओ ब्लग

Lumbinikhabar Online

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गर्‍यो। भक्तपुरमा बसेर डाक्टर अफ मेडिसिन(एमडी) अध्ययनको तयारी गरिरहेका यादवलाई सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेको आरोप लगायो।

तर चार दिन नबित्दै यादवका सबै कागजात सक्कली भएको ठहर भयो। चार दिनपछि डाक्टर यादव रिहा भए। यी चार दिन डाक्टर यादवले केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल मेडिकल काउन्सिलको गैरजिम्मेवारीका कारण निकै हैरानी खेपे।

‘गत बिहीबार एक जना साथीको साथी बताउने मान्छेले काम छ भेट्नुपर्‍यो भनेर फोन गर्नुभयो। मैले बस्ने ठाउँको ‘लोकसेन’ दिएँ। दिउँसो ३ बजे भक्तपुरको लोकन्थली आएर फोन गर्नुभयो। म कोठाबाट निस्कें’, यादवले भने, ‘भेटेपछि म सिआइबीको मान्छे हो। डिएसपीको अर्डरअनुसार लिएर आउनु भनेका कारण आएको हुँ भन्नुभयो। मैल केका लागि भनेर सोधें। किन लैजान लाग्नुभयो भनेर सोधें।

तर उहाँले डिएसपीसाबले बोलाउनुभएको छ भन्नुभयो। सिआइबी कार्यालयमा पनि मैले बारम्बार एउटै प्रश्न गरें। किन ल्याउनुभयो? मेरो गल्ती के छ भनेर सोधें। राति साढे ९ बजेदेखि १० बजेको बीचमा मात्र मलाई सिआइबीले सर्टिफिकेट जाली छ भन्नुभयो।’

त्यसपछि मेरो विवरण लिनुभयो। विवरण लिन आउँदा उहाँहरू झुक्किनु भएकोजस्तो मलाई लागेको थियो।

मलाई ‘बङ्गलादेशबाट पढ्नु भएको हो’ भनेर सोधेका थिए।

मैले हैन ‘नेपालबाट पढेको’ हो भनें।

मैले विवरण लिने क्रममा नाम जुधेको हुनसक्छ भनें।

तर उहाँहरूले ‘सिआइबीले त्यतिकै ल्याउँदैन। सर्टिफिकेट डुप्लिकेट छ’ भन्नुभयो।

त्यो रात उनले प्रहरीको हिरासतमा बिताए।

Tags

छुटाउनु भयो कि ?