राष्ट्रिय स्वतन्त्र पार्टीले सदन समयमै चलाउन दबाब दिएको छ। दबाबस्वरूप रास्वपा सांसदहरू निर्धारित समयमै संसद् भवन प्रवेश गरेर आफ्नो ‘रो’को सिटमा बसिसकेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा साे पार्टीका सभापति रवि लामिछानेले संसद्लाई सत्ता र प्रमुख प्रतिपक्षले बार्गेनिङ टुल्स बनाएको टिप्पणी गरेका थिए। संसद् सुरु हुने समयतालिका सार्वजनिक गरिएपछि कुनै हालतमा त्यसलाई चल्न दिइनुपर्ने उनकाे भनाइ थियाे।
एमालेको अवरोधपछि मंगलबार बैठक स्थगित गरेर आज दिउँसो १ बजेलाई बोलाइएको थियो। तोकिएको समयमा आज पनि बैठक बस्न सकेकाे छैन।सभामुख र प्रमुख दलका सचेतकहरू सदन खुलाउन बैठक बसिरहँदा रास्वपाका सांसदहरू संसद् प्रवेश गरिसकेका छन्।