टप खबर

दैनिक ३ चार्टर्ड उडान मार्फत विदेश बाट नेपाली लाइ ल्याउने : मन्त्रिपरिषद बैठक

Lumbinikhabar Online

सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय समेत गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली ल्याउने निर्णय गरेको हो । तर त्यसरी विदेशबाट आएका यात्रुले पिसिआर रिर्पोट ल्याएपनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने छ । पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गरिने भएको छ । तर त्यसरी होटलमा बसेका व्यक्तिले होटलको खर्च आफै व्यहोर्नुपर्ने छ ।

बैंठकले नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ । यस्तै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी, समुदायिक र निजी अस्पतालले आफ्नो क्षमता अनुसार आईसोलेसन बढाउने निष्कर्ष निकालेको छ । बैठकमा बाढी पहिरो प्रभावितको अवस्था, राहत वितरणको अवस्थाका बारेमा प्रधानमन्त्रीले चासो राखेका एक मन्त्रीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?