News in Nepali

मंसिरमा विशेष महाधिवेशन गर्ने गरी माओवादीमा प्रस्ताव तयार

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) मा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा यो प्रस्ताव तयार भएको हो।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार साउन १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले यो प्रस्ताव अनुमोदन गरेपछि त्यही दिन दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस हुनेछ।

२०७८ पुसमा भएको माओवादीको महाधिवेशनले एक वर्षभित्र पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

पार्टी निष्क्रिय भएको भन्दै आलोचना हुन थालेपछि माओवादीले पार्टीको विधान अधिवशेन र विशेष महाधिवेशनको प्रस्ताव ल्याएको हो। विशेष महाधिवेशनभन्दा पहिला विधान महाधिवेशन हुने गजुरेलले बताए।

विधान अधिवेशनमा माओवादीको अहिलेसम्मको नीति, पद्धति र विधि परिमार्जन गर्ने विषयमा छलफल हुनेछ भने विधान महाधिवेशनले नेतृत्व चयन गर्नेछ।

Tags

छुटाउनु भयो कि ?