नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। सुन तस्करीसम्बन्धी विषयमा के गर्ने भन्ने निर्णय गर्न एमाले संसदीय बैठक बसेको हो।
साढे १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। १ बजे बोलाइएको बैठक आधा घण्टा ढिलो हुने भएको हो। सुन तस्करीलगायत अन्य विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो।