कोभिड-१९

निषेधाज्ञा उलंघन गर्नेलाइ कारवाही

Lumbinikhabar Online

काठमाडौंमा –    काठमाडौंमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने घोसणा गरेका छन्। उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा र निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नमिल्ने बताएका छन्।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेका निषेधाज्ञामा आदेशको पालन नगर्नेलाई कडा कारवाही हुनसक्छ। उक्त ऐनको दफा ३ मा त्यसरी दिइएको आदेश नमान्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने जनाइएको छ। सोही ऐनको दफा ३ को उपदफा २ मा ऐनअनुसार आदेश कार्यान्वयन गर्न खटिएका अधिकृत व्यक्तिहरूको काममा बाधा पुर्‍याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा रू. ६०० सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

Tags

छुटाउनु भयो कि ?