प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्काे अवरोध हटाउने विषयमा समझदारी बनेकाे छ ।
प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बाेधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।
एमालेका एक सांसदले भने, ‘प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको छ ।’ असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीकाे राजीनामा मागेको थियोे ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।