सातौं पीएम कप एनभीए राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार बिहान भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा हरायो ।
आर्मीले दावालीलाई २५-१९, २५-११, २५-२० ले पराजित गरेको हो । लगातार दोस्रो जितपछि आर्मीले ६ अंक जोडेको छ ।आ
र्मीले शनिबार पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सैलुङ बाघढुङ्गा स्पोर्टस क्लबलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल भलिबल संघको आयोजना गरेको एनभीए क्लब लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीको सहभागिता छ ।