News in Nepali

रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंह सक्रिय भूमिका खेलको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्न लागेको हो ।

हामी प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ माग्छौं । तर बैठक भने अवरुद्ध गर्दैनौं‚’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेसमेत आक्रामक बनेको छ । एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ भने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने तयारी गरिरहेको छ ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?