News in Nepali

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई राजनीतिक दलहरूसँग शतप्रतिशत अलग गर्नुपर्ने बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक रूपले सचेत रहेको पनि बताए।

‘दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नैपर्छ,’ थापाले भने, ‘होइन भने यो पाप र अपराधले यति धेरै थिच्छ, हामीले यसबाट मुक्ति पाउँदैनौं।’

विश्वविद्यालयलाई राजनीतिक दलसँग अलग गर्नुपर्ने थापाको भनाइ छ।

‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि कानून चाहिन्छ, विश्वविद्यालय ऐन ल्याउनुपर्छ। कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्छ।’

Tags

छुटाउनु भयो कि ?