News in Nepali

मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिँदै

Lumbinikhabar Online

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका हुन् ।

यसअघि, प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए

सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान रहे पनि मुख्यमन्त्री यादवले त्यसलाई मतलब गरेका थिएनन् । ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयले मंगलबार अपरान्ह ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएका छन् । अधिकांश सांसद राजधानी जनकपुरबाहिर रहेकाले उनीहरूकै समयलाई अनुकूल मान्दै अपरान्ह ५ बजे बैठक बोलाइएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?