News in Nepali

‘बाह्रौं खेलाडी’बिना नेपाली क्रिकेट टोलीलाई विश्वकप छनोटमा चुनौती

Lumbinikhabar Online

पछिल्लो केहि महिनादेखि नेपाली पुरुष क्रिकेटमा धेरै सुधार देखिरहेका छौं। नयाँ प्रशिक्षक, नयाँ कप्तान र जोसले भरिएको युवा टोलीले एकपछि अर्को सफलता हासिल गरेको छ।

पछिल्लो १४ एकदिवसीय खेलमा नेपालले १३ जित निकालेको छ। जसमध्ये १० खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको थियो। नेपाल टियू मैदानमा खेलेको एकदिवसीय खेलमा अपराजित भएको १० खेल भइसक्यो।

विपक्षीको चौका र छक्का रोक्नलाई टियु क्रिकेट मैदानमा ११ जना खेलाडी मात्रै उत्रेका थिएनन्। उनीहरूसँगै उत्रिएका थिए, हजारौं संख्यामा नेपाली समर्थक, आर्थत् ‘नेपाली टोलीको बाह्रौं खेलाडी।’

‘नेपाल’-‘नेपाल’ को हुटिङले गुन्जयमान बन्ने टियु क्रिकेट मैदानमा बाह्रौं खेलाडीको साथमा नेपाली क्रिकेट टोलीले इतिहास रच्यो। लिग-२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा स्थान बनायो भने एसिसी प्रिमियर कप जितेर एसिया कपमा छनोट भयो।

जिम्वावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितमा पुग्ने आशा लगभग मारिसकेको स्थिति र एकदिवसीय मान्यता समेत जोगाउन सकिदैन होला भन्ने सोचलाई उल्टाएर नेपाली क्रिकेट टोलीले १२ खेलमा ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, शीर्ष ३ मा परेर विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन सफल रह्यो।

लिग-२ मा नेपालले जितेको ११ खेल मध्ये ८ खेल टियु मैदानमा नै खेलिएको थियो। जसमा नेपाल आठै खेलमा विजयी भएको थियो।

नामिबिया र स्कट्ल्याण्डविरुद्धको सिरिजमा नेपालले अद्वितियरुपमा ४-० ले जित हासिल गरेको थियो। सो क्रममा नेपालले २८६, २७५, २७५ जस्ता ठूला लक्ष्य चेज गरेको थियो।

त्यसैगरी युएई र पिएनजीविरुद्धको सिरिजमा पनि बाह्रौं खेलाडीको राम्रो साथ पाएको नेपाल ४-० ले विजयी भएको थियो। सो सिरिजको अन्तिम खेल युएईविरुद्ध थियो र नेपाललाई सो खेल जित्नै पर्ने दवाब थियो। जब-जब नेपालको हातबाट खेल फुस्किन लागेको अवस्था हुन्थ्यो, नेपाली समर्थकले खेलाडीको हौसला बढाएर उर्जा थपिदिन्थे।

सोहि खेलमा जब गुलशन ब्याटिङ गर्दै थिए र युएइको कप्तान बलिङ गर्न आए। त्यतिबेला एउटा मिसफिल्ड भयो र नेपाललाई चौका मिलेको थियो। त्यो मिसफिल्ड गर्ने खेलाडी थिए, रोहन मुस्तफा जो युएईका सबैभन्दा अनुभवी खेलाडी थिए र नेपालमा पटकपटक घरेलु टी-२० फ्रेन्चाइज लिग खेल्न आएको खेलाडी थिए।

रोहन मुस्ताफा जस्तो अनुभवी खेलाडीलाई प्रेसरमा ल्याउन सक्ने नेपाली समर्थक साच्चै नै ‘पावरफुल’ छन्। त्यसैगरी सोही खेलमा युएईका युवा खेलाडी आयन खान लगायतका खेलाडीले पनि थुप्रै मिसफिल्ड र क्याच ड्रप गरेका थिए।

लिग २ को खेलसँगै एसिसी प्रिमियर कप २०२३ को उपाधि जितेर एसिया कपमा स्थान बनाउन पनि नेपाली समर्थकको ठूलो भूमिका छ। सेमिफाइनल र फाइनल खेलमा भारी बर्षाका बावजुद पनि नेपाली समर्थकले आफ्नो टोलीप्रती माया देखाए, त्यो निकै नै गर्व गर्न लायक छ।

नेपाली समर्थकको आफ्नो टोलीप्रतिको विश्वास र नेपाली टोलीले आफ्नो समर्थकलाई दिलाएको विश्वास, सायद यहिँ नै त होला क्रिकेट विकासको पर्याय।

तर, के आफ्नो बाह्रौं खेलाडीको प्रत्यक्ष साथबिना नेपाली क्रिकेट टोलीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन सक्ला त? अप्रत्यक्ष रुपमा समर्थकको साथ त निरन्तर हुने नै छ, तर मैदानमा प्रत्यक्ष रुपमा आफ्नो बाह्रौं खेलाडी नहुँदा नेपाली क्रिकेट टोलीलाई केहि न केहि चुनौती अवश्य नै हुनेछ।

टियु क्रिकेट मैदानमा १ रन बनाउदा पनि ठूलो ‘चियर’ सुनिन्थ्यो। तर आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत जिम्बावेमा नेपाली खेलाडीले शतक बनाउदा पनि त्यस्तो आवाज सायद नै सुन्न पाइएला। त्यसको लागि नेपाली टोली तयार छ कि छैन त? यो त अब हामीले जुन १८ देखि जिम्बावेवेमा हुने खेलबाट नै थाहा पाउन सकिन्छ।

तर जे जस्तो भए पनि, नेपाली क्रिकेटप्रति हाम्रो साथ हिजोभन्दा आज धेरै छ र आजभन्दा भोलि धेरै हुनेछ।

Tags

छुटाउनु भयो कि ?