काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको पुस्टि भएको छ। यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।अहिलेसम्म महानगरका ३३ वडामध्ये वडा नं. २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ ।
जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ, “यो सङ्ख्यामा केही तलमाथि हुन्छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले पनि सङ्ख्या क्षणभरमै तलमाथि हुनसक्ने बताएका छन। अहिले (साउन २९ गते)सम्म महानगरमा भएका सङ्क्रमितको हाराहारी सङ्ख्या मात्र भन्नसक्ने अवस्थामा छौँ, २२० व्यक्ति घरमै आइसोलेसनमा छन्, स्वास्थ्य जटिलता बढ्दै गए उहाँहरू अस्पताल जानुहुन्छ ।” प्राप्त विवरण अनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६