टप खबर

३ बर्षिय बालकको मृत्यु , अर्गखाची

Lumbinikhabar Online

अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक बालकको मृत्यु भएको छ ।
कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको टिप्परले ( ना८ख ६६९८) विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल (लु३२प २३९१) लाई ठक्कर दिँदा तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु र अन्य तीन जनालाइ सामान्य चोटपटक लागेको जिल्ला प्रहरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवारी थिए । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?