News in Nepali

Lumbinikhabar Online

जारी’पछि नेपाली बक्स अफिस पुनः संकटग्रस्त देखिन थालेको छ । त्यसयता रिलिज भएका स्वदेशी फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन् । ‘गार्जियन अफ द ग्यालेक्सी’ र ‘फास्ट एक्स’ले सप्ताहन्तमा दर्शकलाई आकर्षित गरे पनि यी दुईको कमाइ पनि सोचेजस्तो छैन ।

विडम्बना के छ भने ‘जारी’पछि रिलिज भएका कुनै पनि नेपाली फिल्मले एक करोड रुपैयाँ पनि कमाउन सकेनन् । वैशाखमा रिलिज भएका आठमध्ये सातले त लगानी पनि उठाउन सकेनन् । चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार ‘प्रसाद २’को कलेक्सन ७० लाख ६१ हजार नेट कलेक्सन छ भने ‘ज्याकी : आईएम ट्वान्टी वान’को कमाइ ४३ लाख ७८ हजार रुपैयाँ नेट छ ।

‘हल्कारा’को कमाइ दुई लाख २३ हजार नेटमै समेटियो । ‘नाइँ नभन्नु ल ६’ २१ लाख रुपैयाँ नेटमै रोकियो । ‘बिहेपास’को कलेक्सन ७० लाख हाराहारी छ । बुलाकी, कैदीको पत्रजस्ता फिल्मको कमाइ केही हजारमा मात्र सीमित छ । ‘फिल्मको पछिल्लो व्यापार हेर्दा निकै तनावपूर्ण छ,’ बोर्डको बक्स अफिस विभाग संयोजक रवि अधिकारी भन्छन्, ‘जारीपछि कुनै फिल्मको कमाइ पनि सुखद छैन ।’

चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले ‘जारी’पछि हलहरु सुनसान हुन थालेको बताए । उनले आर्थिक मन्दी भन्दा पनि फिल्मले नै दर्शकलाई अपील गर्न नसकेको बताए । ‘आर्थिक मन्दी भन्दा पनि फिल्मको कन्टेन्टले नै दर्शकलाई तान्न सकेको छैन । अहिले विकेन्डबाहेक विकडेजमा १० प्रतिशत अकुपेन्सीमा हल चलाउनुपरेको छ,’ उनले भने, ‘जारी छैटौं सातामा पनि राम्रै चलेको छ । मुख्य कुरा फिल्म राम्रो हुनुपर्‍यो । आर्थिक मन्दीले फिल्म हेर्ने कुरालाई प्रभावित पार्छजस्तो लाग्दैन ।’

Tags

छुटाउनु भयो कि ?