कोभिड-१९

मानिसको बलि चढाइयो !!

Lumbinikhabar Online

भारत ओडिसाको कटक जिल्लामा पर्ने नरसिंहपुर स्थित एक ब्राहमणी देवीको मन्दिरमा त्याहाँका पुजारीले कोरोन भाइरसबाट मुक्ति पाउन मन्दिरको देवीलाई मानिसको बलि चढाएका हुन् । बुधबार राती उक्त मन्दिर परिसरमा बलि चढाईएका व्यक्तिको लास फेला परेको त्याहाँका स्थानिय पुलिसले बताएका छन् । स्थानिय पुलिसका अनुसार बलि हुने व्यक्तिको नाम सरोज कुमार प्रधान रहेको छ।पुजारीको बयान अनुसार त्यस दिन मन्दिरमा बलिको विषयलाई लिएर मृतक प्रधान र पुजारी संसारी ओझाबीच बहस भएको थियो र त्यो बहसले निकै गम्भीर रुप लियो अनि पुजारी ओझाले आवेशमा आएर प्रधानका टाउको काटिदिएका हुन्। पुजारी ओझाले आफ्नो अपराध स्वीकारेका छन् र उनि हिले प्रहरीको हिरासत्तमा छन् ।

Tags

छुटाउनु भयो कि ?