राजनीति

नेपाल को नक्सा अंग्रजी संस्करणमा स्वीकृत

Lumbinikhabar Online

सरकारले नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा आज स्वीकृत गरेकी हुन्।

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा आज मन्त्रालयबाट स्वीकृत गरिएको हो। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो। सोही नक्साको अङ्ग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ। त्यसैले उक्त प्रयोजनका लागि अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ। अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक नियोग, अन्तर्राष्ट्रियजगत्मा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन्।

Tags

छुटाउनु भयो कि ?