News in Nepali

नीति महाधिवेशन बोलाएर कांग्रेस सुधारको प्रयास थाल्छौं : महर

Lumbinikhabar Online

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको रुपान्तरण र सुधारका लागि तत्काल नीति महाधिवेशन बोलाउन माग गरेका छन् । उनले नीति महाधिवेशनबाट वर्तमानको गम्भीर समीक्षा र भावी रणनीति बनाएर कांग्रेस सुधारको अभियान थाल्नुपर्ने बताए ।

बिहीबार पार्टीका सम्पर्क समितिका पदाधिकारीहरुसँगको छलफलमा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थिति सुहाउँदो कांग्रेस बनाउन पार्टीमा रुपान्तरण र कार्यशैलीमा सुधारमा आवश्यक भएको बताए ।
‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ, लामो समयदेखि केन्द्रीय समितिको बैठकसमेत बसेको छैन,’ उनले भने, ‘म यथाशीघ्र केन्द्रीय समितिको बैठक बोलाउन र नीति महाधिवेशनको आयोजना गर्न पार्टी नेतृत्वसँग आग्रह गर्दछु ।’

कांग्रेसको विधानबमोजिम प्रत्येक दुई-दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनादेखि बसेको छ । कांग्रेसले गत मंसिरको आमनिर्वाचनको समीक्षा समेत गरेको छैन ।

 

Tags

छुटाउनु भयो कि ?