सुनारले मासिक ७ सय डलर तलब हुने कामका लागि पठाइदिन्छु भनी ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेको भनी पीडित कमलप्रसाद भण्डारीले वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए ।
उक्त जाहेरीका आधारमा विभागले सुनारलाई पक्राउका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरेको र ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुनारलाई ब्युरोले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।