News in Nepali

संसदमा उठेका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न सांसदको माग

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा आफूहरूले उठाएका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छिन्।

सरकारले संसदमा उठेका प्रश्नको जवाफ नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती प्रश्न र त्यसको अवस्थाबारे नागरिकलाई जानकारी दिन वेबसाइटमा राख्ने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याइन्। ‘हामी संसदमा आइपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ। एक दिनको संसद् बैठकमा लाखौँ खर्च हुन्छ। आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग। हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन,’ उनले भनिन्।

सांसद कार्कीले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैँसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनी सरकारलाई प्रश्नसमेत गरिन्।

Tags

छुटाउनु भयो कि ?