सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको जोरधारामा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
रुपन्देहीको देवदह नगरपालिका ३ की ३६ वर्षीया महिलाको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । बस दुर्घटनामा परी ३६ जना घाइतेको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पााच जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । रुपन्देहीको बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाादै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउापालिका ५ जोरधारामा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताए ।
बस राजमार्गभन्दा करिब ८० मिटर तल भीरमा खसेर अड्किएको छ । बसमा सवार सबै यात्रुका सामान भीरबाट निकालिएको छ । बाायातर्फबाट आएको बस दाायातर्फ भीरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।