News in Nepali

राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या : मन्त्री मोदी

Lumbinikhabar Online

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफूअनुकूल कर्मचारी माग गर्दा परिचालनमा समस्या देखिएको प्रष्टयाएका हुन्।

‘पूर्वमन्त्री पनि, पूर्व प्रशासकको पनि सबैको दृष्टिकोण स्थानीय तहमा कार्यकारी प्रमुख, त्यसमा पनि विभिन्न मन्त्रालयसँग जोडिएको ठाउँमा सबैले आफ्नो अनुकूलको कर्मचारीहरु खोज्नु हुन्छ,’ उनले भने।

कर्मचारीहरुले दूर्गम क्षेत्रमा जानै नचाहेको मन्त्री मोदीको गुनासो छ। स्थानीय तहको अनिमितता रोक्न आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको उनले स्मरण गराए।

Tags

छुटाउनु भयो कि ?