News in Nepali

उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिन्छन्: बालकृष्ण खाण

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेशका सरकारहरू पनि फेरिने बताएका छन्।

वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि प्रदेश सरकार फेरिने बताए।

‘सातै वटा प्रदेशमा सत्ता गठबन्धनका दलहरूबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ,’ उनले भने। गठबन्धनमा रहेका दलहरूलाई प्रदेश सरकारमा सहभागी गराइने पनि उनको भनाइ थियो।

कुन प्रदेशमा कुन दलबाट मुख्यमन्त्री हुने भन्ने विषयमा उपनिर्वाचनपछि निर्णयमा पुगिने उनले बताए।

फरक प्रसंगमा उनले नागरिकता विधेयक छिटो संसदबाट पारित गरिनुपर्ने बताए। साथै विभिन्न आन्दोलनका क्रममा मुद्दा लागेका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने प्रक्रियासमेत अघि बढाउनुपर्ने खाण बताउँछन्।

Tags

छुटाउनु भयो कि ?