News in Nepali

उपेन्द्र यादवलाई भोट माग्न पुगे माधव नेपाल, भने : संसद र देशलाई उनको खाँचो छ

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका छन् ।

उनले बारा- २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए ।

बुधबार साँझ कलैया पुगेका उनले बारा-२ मा यादवको जित सुनिश्चित रहेकोपनि बताए ।’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

Tags

छुटाउनु भयो कि ?