News in Nepali

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन ।गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।

Tags

छुटाउनु भयो कि ?