News in Nepali

सुर्खेतको पञ्चपुरी नगरपालिकाका पूर्व मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Lumbinikhabar Online

सुर्खेतको पञ्चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?