News in Nepali

भाद्र १ गते देखी आन्तरिक हवाइ उडान हरु खुल्ने भएको छ

Lumbinikhabar Online

भदौ १ गतेदेखि हवाइ उडान खुलाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि हवाई उडान सञ्चालन गर्ने निर्णय भएको  एक मन्त्रीले जानकारी दिए। उनका अनुसार उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।

Tags

छुटाउनु भयो कि ?