प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतले गृहमन्त्रीको पद खारेज गरेको पछिल्लो अवस्था तथा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई नेताबीच भेटवार्ता भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई पनि साथै लिएर राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा उभिएका छन् । यता एमालेले भने राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६