बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।
खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले पाइलट रनेश डंगोल र यात्रुमाथि हातपात गरे।
पोखराबाट वालिङको लागि उडेको प्रभुको उक्त हेलिकप्टरमा पाइलट र चार जना यात्रु थिए। जसमा विनोद गैरे, उज्जवल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। हामीले यो घटनाबारे यात्रुमध्येका एक विनोद गैरेसँग कुराकानी गरेका छौं।
गैरका अनुसार वालिङका स्थानीय उनीहरू सबै ठेकेदार हुन्। बिहीबार उनीहरू पोखरामा थिए। त्यहीबेला गफैगफमा उनीहरूबीच वालिङमा भइरहेको फुटलब हेर्न जाने कुरा भयो। त्यसपछि आफूहरूले हेलिकप्टर बुक गरेको गैरेले सेतोपाटीसँग बताए।