टप खबर

राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास: प्रचण्ड

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारिरहेको बताएका छन् ।

बिहीबार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताए । 

उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए ।

Tags

छुटाउनु भयो कि ?