पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको प्रहरी उपरीक्षक केसीले बताए। सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ ।