टप खबर

पोखरा बिमान दुर्घटना: बेपत्ता ३ जनामध्ये थप एक जनाको शव फेला

Lumbinikhabar Online

आइतबार पोखराको सेती नदी खोँचमा यती एअरलाइन्स विमान दुर्घटनामा परी बेपत्ता रहेका ३ जनामध्ये थप एक जनाको शव फेला परेको छ । सोमबार खोजी कार्यमा खटिएको गोताखरसहितको टोलीले बेपत्ता ४ शवमध्ये २ शव फेला पारेको हो ।

बाँकी २ जनाको खोजी भोलि गरिने भएको छ । सोमबार २ शव फेला परेसँगै चालक दलसहित ७२ जना रहेकामा ७० जनाको शव फेला परेको छ । दिउँसै खोजी कार्य गर्न नसकिने खोँचमा राति खोजी कार्य असम्भ रहेको छ । सोमबार शव खोज्न ड्रोनको प्रयोग गरिएको थियो । भोलि पनि ४ वटा ड्रोनसहित बेपत्ता २ जनाको खोजी गरिने भएको छ ।

Tags

छुटाउनु भयो कि ?