स्थानीय सँस्कृती र परम्पराको उजागर तथा पर्यटन क्षेत्रको पहिचान गरि समृद्ध र सुखी तारेभीर बनाउने उद्देश्यका साथ आयोजना गरिएको नवौं तारेभीर पर्यटन महोत्सव आइतबार सम्पन्न भएको छ ।
नेपाल सरकारका बिना विभागीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त महोत्सवमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कृष्ण बहादुर राइ, बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा संविधानसभा सदस्य रामेश्वर फुयाल , गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल तथा उपप्रमुख सन्नानी लामाका साथै राष्ट्रिय कलाकार दमन रुपाखेती , गायक चेतन साप्कोटा र लोकदोहोरी गायिका कल्पना दाहालको समेत उपस्थिति रहेको थियो ।
माघी पर्वको अवसरमा आयोजित उक्त महोत्सवमा स्थानियहरुले घिउचाकु खुवाएर अथितिहरुको स्वागत गरेका थिए । कार्यक्रममा स्थानिय परम्परा अनुसार तामाङ सस्कृती झल्काउने झाक्री नाच, नेवारी धिमेबाजाका साथै आकर्षक मयुर नाचको समेत प्रदर्शन गरिएको थियो ।