काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् ।