भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परे परि घाइते भएका छन्। शुक्रबार बिहान उनको कार दुर्घटनामा परेको हो। उनको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो।
पन्तको खुट्टा, ढाड र टाउकोमा पनि चोट लागेको बताइएको छ। दुर्घटनापछि कारमा आगो लागेको र पूरै जलेको छ। बिहान ६ बजे पन्तलाई अस्पताल ल्याउँदा उनको अवस्था अलिक नाजुक देखिएको थियो। तर, एक्स–रेपछि हड्डीमा कुनै चोट नभएको थाहा भएको थियो। यद्यपि दाहिने घुँडाको लिगामेन्टल चोट छ।