लगातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो । मंगलबार भने सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनशील लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । कुल ६० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीको मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीको मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूको मूल्य घटेको नेप्सेले जनाएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६