टप खबर

मतदान सकिएसँगै मतगणनाको तयारी : काठमाडौंमा उपत्यका कहाँ-कहाँ हुँदैछ मतगणना ?

Lumbinikhabar Online

आइतबार प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । यससँगै मतगणनाको तयारी पनि भइरहेको छ ।

काठमाडौँमा पनि मतगणनाको तयारी भइरहेको छ । काठमाडौँमा प्रतिनिधिसभाको १० र प्रदेशसभाका २० निर्वाचन क्षेत्र रहेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र, बानेश्वरमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना थलीस्थित राधाकृष्ण मन्दिरमा हुनेछ ।

त्यसैगरी, क्षेत्र नम्बर ३ को मतगणना जोरपाटीमा रहेको चामुण्डा स्कुलमा हुनेछ । त्यस्तै, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन, क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली, ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ९ को मतगणनास्थल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन तोकिएको छ भने क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुनेछ ।

Tags

छुटाउनु भयो कि ?