काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए। सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो। यतिखेर देशभर मतदान भइरहेको छ।
‘साँझ ७ बजेपछि सवारीसाधन सुचारु हुनेछ,’ प्रवक्ता भट्टराईले भने। उनले बिना पासका १४ सय ३६ सवारीसाधनलाई ‘होल्ड’ गरिएको जानकारी दिए। उनका अनुसार दुई पांग्रे सवारीसाधन १३ सय ४९ वटा छन भने बाँकी चार पांग्रे सवारीसाधन रहेका छन्। यी सवारीसाधन ७ बजेपछि मात्रै सवारी धनीलाई जिम्मा दिइने उनको भनाइ छ।

